Techie IT
Samayabaddha
सोमबार, १ असार, २०८३

सर्वोच्चको मुद्दा किनारा नलागेसम्म गण्डकी कांग्रेस प्रदेश सभा बैठकमा नजाने


सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको गण्डकी प्रदेश सभा सम्बन्धी मुद्दाको अन्तिम किनारा नलागेसम्म गण्डकीमा कांग्रेस प्रदेश सभा बैठकमा सहभागी नहुने भएको छ ।

प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“उक्त मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेश सभा बैठक र सरकारले गर्ने कुनै पनि कार्यमा नेपाली कांग्रेसको सहभागिता नरहने व्यहोरा जानकारी गराउँदै जेठ ११ गते दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेश सभा बैठकमा सहभागी नहुने नेपाली कांग्रेस संसदीय दलको निर्णय जानकारी गराइन्छ ।”

अदालतको आदेश विपरीत कार्य गरे पाइएमा नेपाली कांग्रेस संसदीय दललाई मान्य नहुने पनि चेतावनी दिँदै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम् सरकार र आदेश उल्लंघन गर्ने पक्ष नै हुने जनाइएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट