Techie IT
Samayabaddha
बुधबार, ३ भदौ, २०८३

बलात्कार मुद्दामा न्यायाधीश गिरी दोषी ठहर


न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर भएका छन्।

सम्बन्ध विच्छेद भइसकेपछि पनि उनले पूर्वश्रीमतीकहाँ गई जबरजस्ती शारीरिक सम्बन्ध राखेको अभियोगमा न्यायाधीश गिरी दोषी ठहर भएका हुन्।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले आज यो फैसला गरेको हो।

सजाय निर्धारणका लागि भने अर्को सुनुवाइ हुनेछ। यसका लागि जेठ २८ गते पेसी तोकिएको अदालतका स्रेस्तेदार रामु शर्माले नेपालखबरलाई जानकारी दिए।

न्यायाधीश गिरी सर्वोच्च अदालतको आदेशले हाल थुनामै छन्। जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश छँदा गिरीमाथि यो अभियोग लागेको थियो। त्यही अभियोगका कारण उनी न्यायाधीश पदबाट निलम्बित थिए।

उनका विरूद्धमा वैवाहिक बलात्कारको अभियोगमा पनि मुद्दा चलेको थियो। तर उनी सम्बन्ध विच्छेदपछिको बलात्कारमा मात्र दोषी ठहर भएको अदालतले जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट