Techie IT
Samayabaddha
सोमबार, २५ जेठ, २०८३

आईसीसी टी–२० विश्वकप: युगान्डाविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्ने


वेस्ट इण्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपमा युगान्डाविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्ने भएको छ।

गुयानाको प्रोभिडेन्स स्टेडियममा युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि अफगानिस्ताले ब्याटिङ गर्ने भएको हो।

समूह ‘सी’ मा रहेका यी दुई टोली विश्वकपमा विजयी सुरुवात गर्न गर्न चाहन्छन्।

यसअघि भएको यो समूहको खेलमा आयोजक वेस्ट इण्डिजले पपुवा न्यु गिनीलाई हराउँदै समूहको शीर्ष स्थानमा छ। समूह ‘सी’ मा यी टोलीसँगै न्युजिल्यान्ड पनि रहेको छ।

विश्वकपमा आज मंगलबार तीन खेल हुनेछन्।

आजै समूह ‘बी’ को अर्को खेलमा इङ्ल्यान्ड र स्कटल्यान्ड खेल्नेछन्। सो खेल राति सवा ८ बजे सुरु हुनेछ।

आजै नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेदरल्यान्डस्सँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। सो खेल राति सवा ९ बजे सुरु हुनेछ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट