Techie IT
Samayabaddha
मंगलबार, २६ साउन, २०८३

विप्लवले भने–समाजवादी मोर्चामा विचलन आयो


नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चामा विचलन आएको बताएका छन्। सोमबार जनकपुरमा भएको जनता समाजवादी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

‘नेपालमा अहिले समाजवादी मोर्चाको आवश्यकता छ। समाजवादी मोर्चा नेपालमा बन्यो तर अहिले पछिल्लो समय समाजवादी मोर्चामा विचलन आएको छ। छलफलहरु अगाडि बढी रहेको छ,’ उनको भनाइ थियो।

मोर्चाको संयोजक विप्लव आफै हुन। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रतिस्थापन गर्दै उनी गत फागुनमा मोर्चा संयोजक बनेका थिए। मोर्चामा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, तत्कालीन जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी थिए।

उपेन्द्र यादव नेतृत्वको दल जसपामा विभाजन आएपछि अहिले मोर्चाको भविष्य समेत अन्योलमा परेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट