Techie IT
Samayabaddha
शुक्रबार, १ जेठ, २०८३

भेरीले बगाएका दुई जनालाई गोताखोरले खोज्दै


भेरी नदीमा पौडी खेल्नेक्रममा दुई जना बेपत्ता भएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगर–२ चोक्टे नजिकबाट पौडी खेल्न नदीमा पसेका दुई जना बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र वीर विश्वकर्माका अनुसार वीरेन्द्रनगर–२ का १९ वर्षीय विनोद केसी र १७ वर्षीय भुवन केसी बेपत्ता भएका हुन्।

शनिबार दिउँसो पौने ४ बजेबाट उनीहरू बेपत्ता भएको डिएसपी विश्वकर्माले जानकारी दिए।

उनीहरूको खोजी गर्न आइतबार गोताखोर परिचालन गरिँदैछ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट