Techie IT
Samayabaddha
शनिबार, १७ असोज, २०८३

निर्वाचन आयुक्तमा कृष्णमान प्रधान


निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधानलाई नियुक्त गर्न संवैधानिक परिषदले सिफारिस गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा सिंहदरबारमा बसेको बैठकले यो निर्णय गरेको हो।

प्रधान नेपाल कानुन समाज नामक गैरसरकारी संस्थाका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए।

उपसभामुख इन्दिरा रानाका अनुसार, अन्य संवैधानिक अंगको पदाधिकारीमा भने नियुक्तिको सिफारिस हुन सकेन।

प्रस्तावित सदस्यहरूको योग्यतामा प्रश्न उठेपछि सहमति हुन नसकेको हो।

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुन्छन्। प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य हुन्छन्।

बैठकममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा राना र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति थियो।

निर्वाचन आयोग, प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग र मुस्लिम आयोगमा एक–एकजना सदस्य नियुक्तिको तयारी परिषद सचिवालयले गरेको छ।

संवैधानिक परिषदको सिफारिस संसदीय अनुमोदन भएमा राष्ट्रपतिले संवैधानिक पदाधिकारी नियुक्त गर्ने प्रावधान छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट