Techie IT
Samayabaddha
शुक्रबार, २५ वैशाख, २०८३

एक लाख २६ हजार विद्यार्थीले कक्षा १० दोहोर्‍याउनुपर्ने


एसईई २०८० को नतिजा सार्वजनिक भएसँगै एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्‍याएर पढ्नुपर्ने भएको छ ।

‘नन ग्रेडेड’मा परेका दुई लाख ४२ हजार ३१३ जनामध्ये एक लाख २६ हजार २९७ विद्यार्थीले दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड ल्याएका छैनन् । उनीहरूले कक्षा १० दोहोर्‍याएर पढेर अर्को वर्ष मात्रै एसईई दिन पाउनेछन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार दुईवटासम्म विषयमा नन ग्रेडेड हुने विद्यार्थी एक लाख १५ हजार ८३४ जना छन् । एक विषयमा मात्रै अनुत्तीर्ण हुनेको संख्या ६७ हजार ७९६ छ । ४८ हजार ३८ विद्यार्थी दुई विषयमा अनुत्तीर्ण भएका छन् ।

ती विद्यार्थीले एक महिनापछि हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट