Techie IT
Samayabaddha
सोमबार, १ असार, २०८३

४ निर्माण कम्पनी कालो सूचीमा


प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका चारवटा निर्माण कम्पनीलाई कालोचूचीमा राखेको छ।

आज (बुधबार) सूचना जारी गर्दै कार्यालयले काममा ढिलासुस्ती गर्ने चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।

कालो सूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

बीएस भैरवशक्ति निर्माण सेवा डोटी, मस्टा जबीडी कन्डक्टसन इन्जिनियरिंग, काठमाडौँसहितका निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ।

कार्यालयले कालो सूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट