Techie IT
Samayabaddha
बुधबार, ३ भदौ, २०८३

विपद्‌मा परेर शनिबारसम्म देशभर एक सय ५० को मृत्यु


बाढी, पहिरोलगायत मौसमजन्य विपद्‌मा परी शनिबार (९ साउन)सम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ।

विपद्‌मा परी काठमाडौँ उपत्यकामा तीन, कोसी प्रदेशमा २५, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

विपद्‌मा ४९ जना बेपत्ता तथा एक सय ७७ जना घाइते भएका छन् भने विपदमा फसेका एक सय आठ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ।

बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन्। यही जेठ २८ यताका भएका घटनाबाट चार हजार दुई सय १९ घरपरिवार विस्थापित भएका छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट