Techie IT
Samayabaddha
बुधबार, १७ असार, २०८३

स्पेनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुग्यो


स्पेनमा पछिल्लो ५० वर्षयताकै खराब बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुगेको छ भने अझै केहि बेपत्ता छन् । पूर्वी प्रान्त भ्यालेन्सिया र त्यसभन्दा परको क्षेत्रमा ठूलो वर्षा भएपछि आएको बाढीले सयौँ पुल र भवनहरू बगाएको छ । केही मानिस छत र ठूला रुखमा चढेर बाँच्न सफल भएका छन् । बेपत्ताहरुको सङ्ख्या एकिन छैन, ज्यान जानेको सङ्ख्या निकै धेरै हुन सक्ने बीबीसीले जनाएको छ ।

१२ सयभन्दा बढी कामदार ड्रोनको प्रयोगगरी उद्धार अभियानमा खटिरहेका छन् । प्रभावित समुदायहरूको अवलोकन गर्दै प्रधानमन्त्री पेड्रो सान्चेजले पीडितहरूलाई अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा जीवन बचाउनु रहेको बताउनुभयो । बाढीले सबैभन्दा बढी प्रभावित केही शहरहरुमा माटो र भग्नावशेषबाट शव निकाल्न जनशक्ति परिचालन गरिएको छ ।

अहिले बाढीले ज्यान गुमाउनेको सङ्ख्या सन् १९७३ पछि देशको सबैभन्दा धेरै हो । त्यतिबेला दक्षिण–पूर्वमा आएको बाढीमा कम्तीमा एक सय ५० जनाको ज्यान गएको थियो । वैज्ञानिकहरूले जलवायु परिवर्तनले स्पेनमा आएको बाढीलाई अझ खराब बनाएको बताएका छन् । बाढीले कयौँ सडक र सहरलाई नदीमा परिणत गरेको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट