Techie IT
Samayabaddha
आईतबार, ३१ साउन, २०८३

भारतको एक अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु


भारत, १ मंसिर । उत्तर प्रदेशको झाँसीस्थित एक सरकारी मेडिकल कलेजको नियोनेटल इन्टेन्सिव केयर यूनिट (एनआईसीयु) मा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ।

एसएसपी सुधा सिंहले घटनामा घाइते १६ नवजात शिशुको उपचार जारी रहेको बताएकी छिन्।

मुख्यमन्त्री योगी आदित्यले घटनाको जाँचका लागि डीआइजीको नेतृत्वामा दुई सदस्यीय जाँच कमिटी बनाएका छन्।

घटनामा मृत्यु भएका नवाजत शिशुको परिवारका लागि प्रदेश सरकारले ५०–५० हजार र केन्द्र सरकारले २२ लाख राहत घोषणा गरेका छन्।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य/जीवन शैली

प्रतिक्रिया


ताजा अपडेट