Techie IT
Samayabaddha
आईतबार, २४ फागुन, २०८२

सूर्यदर्शन सहकारी ठगी प्रकरण : १९ जनाविरुद्ध मुद्दा दायर


काठमाडौं, ५ पुस । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दायर भएको छ । सहकारी ठगीमा उजुरी परेको १९ जनाविरुद्ध थप दाबी लिएर मुद्दा दायर भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन् ।

“सहकारी ठगीमा पूरक उजुरी परेका १९ जनाविरुद्ध मुद्दा लगेका छौँ,” शर्माले भनिन्, “संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धान भई प्रहरीले प्रतिवेदन बुझाएकाहरूविरुद्ध म्यादभित्रै मुद्दा लैजाने छौँ ।”

सहकारीको सम्पत्ति गोर्खा मिडियामा ल्याएर संगठित अपराध गरेको भन्दै पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी तथा गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीविरुद्ध अनुसन्धान गरेर प्रहरीले जिल्ला सरकारी वकिलमा प्रतिवेदन बुझाइसकेको छ । जोशीलाई असोज ६ गते प्रहरीले पक्राउ गरेका आधारमा तोकिएको हदम्यादको ८९ दिन भइसकेहको छ ।

अन्तिम दिन बिदाको दिन पर्दा त्यसपछि कार्यालय खुल्ने दिनलाई अन्तिम मिति मानिने हुँदा आइतबार ९० दिनको हदम्याद सकिने भएकाले सपत्ति शुद्धीकरण र संगठित अपराधमा पनि आइतबार नै मुद्दा दायर गर्नुपर्छ ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट