Techie IT
Samayabaddha
बिहीबार, २७ कात्तिक, २०८२

रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा


काठमाडौं, २८ पुस । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको आइतबार जिल्ला अदालत काठमाडौंमा बयान हुँदै छ । काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा लामिछानेसहित ३९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सोही मुद्दामा आइतबार बयान सुरु हुन लागेको हो ।

यसअघि कास्कीस्थित सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो । कास्की अदालतले रिहा गरेपछि लामिछाने आइतबार बिहानै जिल्ला अदालत काठमाडौंमा आफैँ उपस्थित भएका थिए ।

काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सुरु भएको छ


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट