रवि लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना
काठमाडौं । रुपन्देहीको सुप्रिम सहकारी ठगी मुद्दामा रवि लामिछानेको थुनछेक बहस सकिएको छ । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा जवाफी बहस सकिएपछि आजै नै आदेश आउन सक्ने अनुमान गरिएको छ ।
आइतबार लामिछानेका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो । थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको हो ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया