Techie IT
Samayabaddha
बिहीबार, २७ कात्तिक, २०८२

निष्पक्ष पत्रकारिताको वातावरण सरकारले सुनिश्चित गर्छ : गृहमन्त्री लेखक


काठमाडौं, १४ माघ । गृहमन्त्री रमेश लेखकले पत्रकारिता लोकतन्त्रको वाहक र संरक्षक भएको बताएका छन्।

सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधीकारीहरूलाई बधाई दिँदै गृहमन्त्री लेखकले पत्रकारिता लोकतन्त्रको ‘धर्ममिटर’ पनि भएको बताएका हुन्।

‘हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ’,मन्त्री लेखकले भने, ‘स्वतन्त्र, व्यवसायिक,निष्पक्ष पत्रकारिताको वातावरण सरकारले सुनिश्चित गर्छ ।’उनले कुनै पनि तवरले पत्रकारिताको स्वतन्त्रता र व्यवसायिकतामाथि र निष्पक्षरुपले कलम चलाउन पाउने, बोल्ने पाउने सञ्चारगृह र सञ्चारकर्मीको आधारभूत अधिकारको सुनिश्चितता हुने विश्वास दिलाए।

पत्रकारिता पनि मर्यादित, व्यवस्थित र सत्यमा आधारित हुनुपर्नेमा मन्त्री लेखकले जोड दिए। ‘कपोकल्पित समाचारहरू सम्प्रेषण गर्ने, समाजमा अनावश्यक खालको भ्रमहरू सिर्जना गर्ने, व्यक्ति, समाज र समुदायको चरित्रहत्या गर्ने लगायतका गतिविधिबाट आफू र सञ्चारगृह जोगाउन तपाईहरूलाई आग्रह गर्दछु,’मन्त्री लेखकले भने,’त्यस्ता गतिविधि बढ्यो भने समग्र सञ्चार जगतप्रतिको विश्वास कमजोर हुन्छ ।’


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट