Techie IT
Samayabaddha
मंगलबार, ९ भदौ, २०८३

हमाससँगको पछिल्लो आदानप्रदानमा १८३ प्यालेस्टिनी बन्दी रिहा


एजेन्सी, २१ माघ । प्यालेस्टिनी स्रोतहरूका अनुसार हमाससँग जारी युद्धविराम सम्झौताअन्तर्गत चौथो बन्धक आदानप्रदानमा इजरायलले १८३ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ। प्यालेस्टिनी बन्दी क्लबका प्रमुख अब्दुल्लाह जाघारीले इजरायली अधिकारीहरूले रिहा गरिएका बन्दीहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरेका छन्।

मुक्त गरिएका बन्दीरूमध्ये १५० गाजा पट्टीका, ३२ वेस्ट बैंककाa र बाँकी एक जनाको इजिप्टको नागरिकता छ। वेष्ट बैंकका बन्दीहरूलाई रामल्लाह नजिकैको ओफर जेलबाट रिहा गरिएको थियो। जबकि दक्षिणी इजरायलको केट्जियोट जेलबाट रिहा गरिएका गाजाका बन्दीहरूलाई इजरायली–नियन्त्रित केरेम शालोम क्रसिङ हुँदै दक्षिणी गाजामा लगिनेछ।

प्यालेस्टिनी मुक्ति संगठनको बन्दी मामिला आयोगले रिहा गरिएका १८३ मध्ये सात बन्दीहरूलाई देश निकाला गरिनेछ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट