Techie IT
Samayabaddha
सोमबार, १ असार, २०८३

बेलायतका राजकुमार एडवार्ड काठमाडौंमा


काठमाडौं, २२ माघ । बेलायतका राजकुमार एडवार्ड काठमाडौं आइपुगेका छन्। उनी एयर इण्डियाको जहाजबाट काठमाडौं आइपुगेका हुन्।

यसअघि आजै बिहान राजकुमार एडवार्डकी पत्नी सोफी काठमाडौं आइपुगेकी थिइन्। उनी कतार एयरको उडान नम्बर क्यूआर ६५२ बाट काठमाडौं आइपुगेकी हुन्। उनीहरूसँग ११ जनाको टोली पनि काठमाडौं आइपुगेको हो।

उनीहरू पहिलो पटक नेपाल भ्रमणमा आएका हुन्। नेपाल बसाइका क्रममा उनीहरूले उच्चस्तरीय भेटघाट गर्ने जनाइएको छ। उनीहरूको नेपाल भ्रमण युवा सशक्तिकरण, स्वास्थ्य सेवा, महिला अधिकार र संरक्षणमा केन्द्रित हुनेछ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट