दुई थान भरूवा बन्दुक सहित तीन जना पक्राउ

कैलाली, २३ माघ । धनगढी उपमहानगरपालिका १८ एफ गाँउस्थित आर्याघाटबाट भरूवा बन्दुक २ थान र चक्कु १ थान सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका १९ बस्ने ३९ वर्षीय गुरू प्रसाद चौधरी, भारत लखिमपुर खिटी नउसर गुलरिया बस्ने ३२ वर्षीय रियासत अली र ४० वर्षीय देसराज राना रहेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित मंगलबार पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया