Techie IT
Samayabaddha
बिहीबार, १८ वैशाख, २०८२

कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना, एक जनाको ज्यान गयो


मान्म, २५ माघ । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नरहरिनाथ–८, लालुगाउँबाट फर्कने क्रममा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको ट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा परी नरहरिनाथ–५, रुप्साका ४५ वर्षीय गंग देउवाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए । घाइते देउवालाई प्रहरीले भीरबाट निकालेर उपचारका निम्ति सदरमुकाम मान्म ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक सडकबाट झन्डै २०० मिटर तल खसेको थियो । ट्रकका चालक हाम फालेर बाँच्न सफल भएका छन् । रासस


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट