बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न
काठमाडौँ, १ फागुन । नेपाल विद्युत प्राधिकरणले विद्युतका तार अण्डर ग्राउण्ड गर्नका लागि होरिजेन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सम्पन्न भएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात् काठमाडौँमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप अहिले करिब २० घण्टामा मर्मत कार्य सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।
उनले भने, “पाइप फुटेपछि मन्त्रीको निर्देशनपश्चात् हामीले गएरातिबाट मर्मतको कार्य सुरु गरेका थियौँ। अहिले मर्मत कार्य सकिएको र पानी परीक्षण भएको छ । परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु हुन्छ ।”
विद्युत प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा क्षति भएको खानेपानी मन्त्री यादवले बताएका छन् ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया