निजामती सेवा तहगत संरचनामा रहने
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवा तहगत संरचनामा रहने सहमति गरेको गरेको छ ।
आज बसेको समितिको बैठकले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा तहगत संरचनाको सहमति भएको हो । अहिले निजामती सेवा श्रेणीगत संरचनामा रहेकोमा सङ्घीय निजामती विधेयकको दफा ६ मा निजामती सेवा १४औं तहसम्म रहने गरी व्यवस्था गरिएको छ ।
कार्यविवरण र कार्यसम्पादन सम्झौता तथा सुपरीवेक्षणका विषयमा विधेयकमा आएको प्रस्ताव र छलफलमा सांसदहरूबाट आएका धारणाका आधारमा परिमार्जनसहित निर्णयमा पुग्ने निर्णय गरिएको समिति सभापति रामहरि खतिवडाले बताए ।
सङ्घीय निजामती विधेयकलाई संसद्को यही अधिवेशनभित्र पास गर्ने गरी समितिले दफावार छलफल चलाएको छ ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया