Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

बाराको नवजन्म सुधार केन्द्रले यातना दिएपछि एक जनाको मृत्यु


बारा, २ फागुन। नवजन्म सुधार केन्द्रले यातना दिएपछि एक जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका –९ रामपुर टोलका करिब ३४ वर्षे धिरेन्द्र भनिने प्रदीपप्रसाद मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले बताए ।

कलैयास्थित बैंकरोडमा रहेका नवजन्म सुधार केन्द्रमा नशामुक्त गराउन भर्ना गरी राखिएको मृतक मण्डलको खुट्टाको बुढीऔंलामा चोट देखिएको तथा उनको परिवारले प्रहरीमा जाहेरी दिएपछि आवश्यक प्रक्रिया अघि बढाइएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बलराम क्षेत्रीले जानकारी दिए ।

मृतक मण्डलको शव परीक्षण गर्न प्रादेशिक अस्पताल कलैयामा पठाइएको प्रहरीले जनाएको छ । सुधार केन्द्रमा रहेका एक जना सञ्चालकसहित ६ जनालाई पक्राउ गरी सोधपुछ जारी रहेको प्रहरी निरीक्षक क्षेत्रीले बताए ।

कलैया –३ भवानीपुरका साहेबबाबु मन्सुरले सञ्चालन गरेको सुधार केन्द्रमा १५ दिन अघि भर्ना गरिएका प्रदीपलाई गत राति कुटपिट गरेका कारण मृत्यु भएको मृतकका दाइ श्यामसुन्दर मण्डलले आरोप लगाए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट