काठमाडौंबाट त्रिशूली धोविघाट जाँदै गरेको गाडीबाट ग्यास सिलिण्डर लिक, केहिबेर राजमार्ग अवरुद्ध
काठमाडौं, २ फागुन । काठमाडौंबाट त्रिशूली धोविघाट जाँदै गरेको गाडीबाट ग्यास सिलिण्डर लिक भएको छ। शुक्रबार बिहान ११स्४५ बजेतिर धादिङ धुनिवेशी नगरपालिका बाहुनडाँडामा बा २ ख ४६७३ नम्बरको ट्रकमा लोड गरी राखेको ग्यास सिलिण्डर लिक भएको हो।
सिलिण्डरमा कोल्ड स्टोरमा प्रयोग गरिने एमोनिया ग्यास रहेको प्रहरीले जनाएको छ। ट्रकमा रहेका १७ वटा सिलिन्डरमध्ये एउटा सिलिन्डरबाट ग्यास लिक भएको हो।
सडकमै ग्यास लिक भएपछि सुरक्षाका लागि केहीबेर राजमार्ग अवरुद्ध भएको थियो। ग्यास समाप्ति पछि यातायात सुचारु भइसकेको धादिङ प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया