गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२५ ग्राम सुन बरामद
काठमाडौं । प्रहरीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२५ ग्राम सुन बरामद गरेको छ । विमानस्थलको शौचालयमा बेवारिसे अवस्थामा दुईवटा सिक्री भेटिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका एसएसपी जनार्दन जिसीले बताए ।
शौचालयमा फेला परेको सुनसँगै रियाज अहमदको नाममा जारी भएको गोल्डेन स्टोन न्यू ज्वेलरीको बिल पनि फेला परेको एसएसपी जिसीले बताए ।
बरामद सुन आवश्यक कारबाहीको लागि प्रहरीले गौतम बुद्ध विमानस्थल भन्सार कार्यालय भैरहवामा बुझाएको छ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया