प्रधानमन्त्री ओली स्काइ वाक टावरमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज कमलादीस्थित स्काइ वाक टावरको भ्रमण र अवलोकन गरेका छन् । आज सार्वजनिक बिदाको दिन पारेर प्रथम महिला राधिका शाक्यसहित उनी अवलोकनमा निस्किएका हुन् ।
सो टावरले हरेक महिना पर्यटकका रूपमा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गर्ने शृङ्खलाको थालनीका क्रममा प्रधानमन्त्री ओली आज त्यहाँ पुगी टावरको उचाइमा राष्ट्रिय झण्डोत्तलन गरे ।
सो क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले टावरहरुको उपयोगिता छैन भन्ने कुरालाई गतिलो खण्डन गर्न स्काइ टावर उदाहरण भएको बताए । उनले यस्ता टावरमा ज्येष्ठ नागरिक र बालबालिकासहित पर्यटकहरूलाई फुर्सदको समयमा घुमफिर, दृश्यावलोकन र मनोरञ्जनका लागि उपयोगी साबित हुने विश्वास व्यक्त गरे ।
काठमाडौंको मध्यभागमा रहेको दुई सय ५६ फिट उचाइको सो टावर निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको हो ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया