Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

प्रकृति लम्सालको रुपन्देहीमा अन्त्येष्टि


काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको छात्रावासमा गत आइतबार मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गरिएको छ । बुधबार राति नेपाल ल्याइएको उनको शव आज बिहानै गृहजिल्ला रुपन्देहीको भैरहवास्थित स्वर्गद्वारी घाटमा दाह संस्कार गरिएको हो।

उनको घर रुपन्देहीको सिद्धार्थननगर नगरपालिका ८ स्थित बैंकरोड कोलोनीमा हो ।

कलेज प्रशासनले उनले आत्महत्या गरेको दाबी गरेको छ । तर विद्यार्थीहरूले मृत्यु शङ्कास्पद रहेको भन्दै विरोध प्रदर्शन गरेका थिए । सो क्रममा कलेज प्रशासनले बल प्रयोग गरेपछि चौतर्फी विरोध भएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट