असुरक्षा महसु गर्दै केआइआइटीबाट एक सय ५९ विद्यार्थी स्वदेश फर्किए
पर्सा । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन् । प्रकृति लम्सालको मृत्यु प्रकरणले नेपाली विद्यार्थीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ ।
केआइआइटीमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि उत्पन्न विषम परिस्थितिका कारण उनीहरू स्वदेश आएका हुन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार बिहीबार बेलुका एक सय ५९ जना विद्यार्थी रक्सौल हुँदै स्वदेश आएका हुन् ।
प्रकति लम्सालको मृत्युको कारणबारे अनुसन्धान जारी छ ।
घटनालाई मत्थर पार्न किट विश्वविद्यालयले लम्सालको नाममा नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्ति स्थापना गर्ने घोषणा गरेको छ। तर विद्यार्थीहरुले किट प्रशासनको यो घोषणालाई नौटकी भनेका छन् ।
२० वर्षीया लम्साल केआईआईटीमा बीटेक ९कम्प्युटर साइन्स० तेस्रो वर्षमा अध्ययनरत थिइन् र फेब्रुअरी १६, २०२५ मा आफ्नो छात्रावासको कोठामा मृत अवस्थामा फेला परेपछि विश्वविद्यालय परिसरमा अशान्ति फैलिएको थियो ।
लम्सालको निधनले नेपाली विद्यार्थीहरूमा त्रास र असुरक्षाको भावना पैदा गरेको छ। यस घटनापछि विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए पनि केही विद्यार्थीहरु रक्सोल हुँदै स्वदेश फर्केका हुन ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया