Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

काठमाडौंबाट सात जना बंगलादेशी नागरिक पक्राउ


काठमाडौँ, १२ फागुन गते। काठमाडौँ महानगरपालिकाको ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट सात जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैह्रकानुनी रुपमा बसोबास गर्नुको साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा भिषा अवधि समाप्त भएपश्चात् गैह्रकानुनी रुपमा बसिरहेका बंगलादेशी नागरिक २६ वर्षीय एमडी अतिकुल, ४० वर्षीय एमडी अलाम मोल्ला, ३७ वर्षीय एमडी जहानजीर अलाम, ३६ वर्षीय एमडी एमिनुल, ३९ वर्षीय एमडी एमदादुल, २८ वर्षीय एमडी नसिरुदिन र ४६ वर्षीय एमडी मोसर्फ होसेन होलादर रहेका छन्।

उनीहरुलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारवाहीका लागि अध्यागमन विभाग, कालिकास्थान, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट