Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

हेटौँडामा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु


हेटौँडा, १५ फागुन । हेटौँडामा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–६ मा मोटरसाइकलको ठक्करबाट हेटौँडा–६ रामनगर बस्ने ६१ वर्षीय कमलबहादुर बोहोराको मृत्यु भएको हो ।

हेटौँडा उपमहानगरपालिका–६ सल्लाघारी नजिकै भित्री सडक खण्डमा रामनगरतर्फबाट हात्तिलेटतर्फ आउँदै गरेको ना ५४ प १८७६ नम्बरको मोटरसाइकलको ठक्करबाट उनको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । ठक्कर दिने चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट