Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते


भक्तपुर, १८ फागुन । भक्तपुरको सूर्यविनायक नगरपालिका ८, जगाती पुलनजिकै मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु भएको छ।

भक्तपुर प्रहरीले आइतबार दिएको जानकारीअनुसार जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४१ प ३३४ नम्बरको मोटरसाइकलले शनिबार राति पैदलयात्री भक्तपुर नगरपालिका ७, गोलमढी बस्ने ७० वर्षीया तुलसीमाया तुसिबाखलाई ठक्कर दिएको हो।
ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सूर्यविनायक नगर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

साथै सोही मोटरसाइकलको ठक्करबाट घाइते अन्य तीन जना मध्यपुर अस्पताल थिमीमा उपचाररत छन्। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट