एमडीएमएस खरिद अनियमतिता सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा
काठमाडौं। मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० खरिदमा भएको भनिएको अनियमितता प्रकरणको मुद्दा विशेष अदालतमा हेर्दाहेर्दैमा राखिएको छ ।
आइतबार विशेषका न्यायाधीश टेकनारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको संयुक्त इजलासले सुनुवाइ पूरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।
एमडीएमएस खरिदमा अनियमितता गरेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालसहित १९ जनाविरुद्ध भ्रष्टाचार गत वर्ष चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
आयोगले प्रतिवादीविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।
अख्तियारले पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दीपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रलगायतलाई पनि प्रतिवादी बनाएको थियो ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया