स्कुटर दुर्घटना हुँदा सभामुखका सुरक्षा गार्ड योगेन्द्र बहादुर बोहराको निधन
धनगढी, १९ फागुन । कैलालीमा स्कुटर दुर्घटना हुँदा प्रहरी नायब निरीक्षक (सई) योगेन्द्र बहादुर बोहराको निधन भएको छ ।
सोमबार दिउँसो धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत गोदावरी नगरपालिका – २ विद्युत् कार्यालय नजिक अनियन्त्रित भएर स्कुटर दुर्घटना हुँदा सई बोहराको निधन भएको हो।
सु.प.प्र. ०१–००९ प ३४२९ नम्बरको स्कुटर दुर्घटना हुँदा घाइते भएका बोहराको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा निधन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
उनी हाल सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीको व्यक्तिगत सुरक्षाका लागि खटिने निजी सुरक्षा गार्ड (पिएसओ) को रूपमा कार्यरत थिए। बझाङको मष्टा गाउँपालिका –७ निवासी बोहरा हाल गोदावरी नगरपालिका – ५ गेटामा बस्दै आएका थिए।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया