Techie IT
Samayabaddha
सोमबार, २४ कात्तिक, २०८२

प्रधानमन्त्री कप छनोट प्रतियोगितामा सुनसरी र इलाम विजयी


विराटनगर, १९ फागुन । कोशी प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा सुनसरी र इलाम विजयी भएका छन् ।

वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले झापालाई ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित ४३ ओभरको खेलमा २४ दशमलव ३ बलमा सवै विकेट गुमाई ६३ रनको सनायो । झापाका लागि आशिष राना मगरले सर्वाधिक १३ रनको योगदान दिए । सुनसरीका प्लेयर अफ दी म्याच प्रकाश कार्कीले ३ विकेट लिँदा भुपाल लुइटेलले २ विकेट लिए ।

६४ रनको सामान्य लक्ष्य पछ्याएको सुनसरीले २५ दशमलव २ बलमा ६ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । सुनसरीको जितमा सुमन घतानीले अविजित २८ रनको योगदान दिए । झापाका सिद्धान्त कमितले ३ विकेट लिए ।

त्यसैगरी मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा अर्को इलामले उदयपुरलाई १२ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित ४५ ओभरको खेलमा ३६ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ६५ रनको योगफल बनायो । इलामकोलागि जितमा शिवान्स बजगाईले सर्वाधिक ४० रनको योगदान दिए । उदयपुरका सोनु अन्सारीले ३ विकेट लिए ।

१ सय ६६ रनको विजयी लक्ष्य पाएको उदयपुरले ३९ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय ५३ रनमा सिमित भयो । उदयपुरका प्रभात किरणले ३३ रनको योगदान दिँदा सोनु अन्सारीले २८ रनको योगदान दिए । इलामका प्लेयर अफ म्याच इलामका विशाल आचार्यले ३ विकेट लिँदा हेमन राई, सन्दिप ढुंगाना र वि. कामतले २–२ विकेट लिए ।

लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरगरि ५ टिमको सहभागित रहेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट