थापाथलीमा मेलम्चीको पाइप फुट्दा एकाविहानै बाढी, सडक अवरुद्ध
काठमाडौं । थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेको छ । बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा एकाबिहानै बाढी आएको छ भने सडकसमेत अवरुद्ध भएको छ ।
थापाथलीमा के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन । थापाथली चोकबाट नर्भीक इन्टरनेशनल आउने सडकमा पाइपको लाइन फुटेको हो ।
यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए । बबर महलमा विद्युत प्राधिकरणको काम गर्ने बेला पाइप फुटेको पाइएको थियो ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया