Techie IT
Samayabaddha
आईतबार, ६ वैशाख, २०८३

तरा एयरको सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द


काठमाडौं, २५ फागुन । तारा एअरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ। हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एअरले जनाएको छ।

कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा उद्घाटन गरेको हवाई सेवा अहिले बन्द भएको हो।

हिमाली टुर एन्ड ट्राभल्सले तारा एअरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो। ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको, हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नुपरेको जनाएको छ।

ट्राभल्सका मीनबहादुर रावलले अहिले तीन जिल्लामा सातामा दुईपटक नियमित उडान भर्ने सहमतिअनुसार काम सुरु गरिए पनि आवश्यक सहयोग प्राप्त नभएपछि हवाई सेवा बन्द भएको बताए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट