Techie IT
Samayabaddha
बुधबार, १७ वैशाख, २०८२

इरानको शाहिद राजाई बन्दरगाहमा ठुलो विस्फोट, करिब ३०० जना घाइते


काठमाडौं, १३ वैशाख । इरानको बन्दर अब्बास सहरको शाहिद राजाई बन्दरगाहमा विस्फोट भएको छ । इरानको सरकारी सञ्चारमाध्यमले दक्षिणी इरानको शाहिद राजाई बन्दरगाहमा ठुलो विस्फोट भएको जनाएको छ ।

बीबीसी फारसी सेवाले विस्फोटमा करिब ३०० जना घाइते भएको उल्लेख गरेको छ ।

शाहिद राजाई इरानको सबैभन्दा ठुलो व्यावसायिक बन्दरगाह हो । बन्दरगाहका अधिकारीहरूले कन्टेनरहरू विस्फोट भएपछि ठुलो आगलागी भएको बताएका छन् ।

यद्यपि, आगलागीको कारण अझै पत्ता लागेको छैन।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट