Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

मन्त्रिपरिषद् बैठक सुरू, कस्तो आउला निर्णय ?


काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । बुधबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो ।

बैठकले सहसचिव शोभाकान्त पौडेल सचिव बढुवा गर्न सक्ने बताइएको छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगमा अध्यक्षसहितका पदाधिकारी नियुक्ति गरेर निकायलाई पूर्णता दिने स्रोतले बतायो ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले अध्यक्ष र सदस्यको नाम टुंगो लगाएर कानुन मन्त्रालयलाई बुझाएसँगै मन्त्रिपरिषद् बैठकमार्फत निर्णय गरेर आयोग पदाधिकारी नियुक्त गरेर पूर्णता दिन लागिएको हो ।

मिश्र नेतृत्वको समितिले गत शुक्रबार बेपत्ता छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगका दुई अध्यक्षसहित चाररचार जना सदस्यसहित १० जनाको नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकमा सिफारिस नामबारे छलफल गरेर निर्णय गरिने बताइएको छ ।

त्यस्तै नेपाल राष्ट्रबैंकको रिक्त गवर्नरको विषयमा मिडियामा धेरै हल्लाहरु आउने र जुनसुकै पात्र भएपनि मुद्दा मामिला तिर जान थालेकाले अव भने सिफारिस समितिको सिफारिसमा आजै निर्णय हुनसक्ने स्रोतले बतायो ।

 


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट