कांग्रेस महामन्त्री शर्मा सगरमाथा चढ्दै

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका हुन् । महामन्त्री शर्माले वसन्त ऋतुको सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका छन् ।
वसन्त ऋतुको हिमाल आरोहणमा अहिलेसम्म ५० जनाभन्दा धेरैले सगरमाथा आरोहण गरिसकेका छन् । आज राति पनि धेरै आरोही चुचुरोमा पुग्ने योजनामा छन् ।
विभागको तथ्याङ्कानुसार वसन्त ऋतुको सगरमाथा आरोहणका लागि अहिलेसम्म ४५ आरोही समूहका ४ सय ५८ जनाले अनुमति लिएका छन् । सगरमाथासहित २७ वटा हिमाल आरोहणका लागि १ सय २४ समूहका १ हजार १ सय ४० जनाले अनुमति पाएका हुन् ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया