Techie IT
Samayabaddha
शनिबार, २८ असार, २०८२

रसुवामा बाढीको वितण्डा, ठूलो धनजनको क्षति


काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको भीषण बाढीले नेपालको उत्तरी सीमा रसुवामा ठूलो जनधन तथा पूर्वाधारको क्षति पु¥याएको छ । बाढीमा परेका ५० जनाको सुरक्षाकर्मीद्वारा उद्धार गरिएको छ भने १८ जना अझै बेपत्ता छन् ।
मंगलवार दिउँसो १२ बजेर ५० मिनेटसम्मको जानकारी अनुसार ५० पुरुष र ४ महिलासहित कुल ५४ जनाको सफलतापूर्वक उद्धार गरिएको छ ।

भोटेकोशीमा मंगलबार बिहान आएको भीषण बाढीले रसुवागढी नाकामा रहेको नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । त्यस्तै सुख्खा बन्दरगाहमा रहेका नयाँ विद्युतीय गाडी(ईभी) हरू पनि बाढीले बगाएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बाढीले ठूलो क्षति पु¥याएको बताएका छन् । जिल्ला अधिकारी पौडेलले बाढीमा फसेका व्यक्तिहरूको उद्धार गरिएको जानकारी दिए । उद्धारका लागि गएका केही सुरक्षाकर्मी पनि बाढीमा फसेको र उनीहरुको सफलतापूर्वक रेस्क्यु भएको पौडेलले बताए ।

बाढीले रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा मानिसहरूलाई फसाएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले झोर्लुंगे पुलको सहायताबाट उद्धार कार्य सम्पन्न गरेको हो ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार पछिल्लो पटक उद्धार गरिएकामध्ये १५ जना नेपाली पुरुष, २ नेपाली महिला र १ जना चिनियाँ पुरुष छन् ।

१८ जना अझै बेपत्ता

हालसम्म १८ जना बेपत्ता रहेको पुष्टि भएको छ । तीमध्ये ९ जना नेपाली नागरिक, ६ जना चिनियाँ नागरिक र ३ जना प्रहरी कर्मचारी छन् ।

बेपत्ता सुरक्षाकर्मीमा रामेछाप स्थायी बसोबास भएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, बाराको फेटा गाउँपालिका घर भएका प्रहरी जवान मुन्ना ठाकुर र बझाङको बुंगल नगरपालिका स्थायी ठेगाना भएका प्रहरी जवान लोकेन्द्र बोहोरा रहेका छन् ।
बेपत्ता अन्य नेपाली नागरिकहरुमा जिपन चौधरी – बर्दिया, सन्तोष दहित– बर्दिया, बुद्धिराम थारु–बर्दिया, लक्ष्मीनारायण थारु – बर्दिया, सुरेश थारु – बर्दिया, नरेन्द्र विक – बागलुङ, फुर्वा लामा – सिन्धुपाल्चोक, गोविन्द मोक्तान, लोकमान तामाङ रहेको पुष्टि भएको छ ।

भारी वर्षापछि आएको बाढीले रसुवागढी–टिमुरे क्षेत्रका सवारी साधन, कन्टेनर र संरचनाहरू बगाएको छ । प्रमुख नाका तथा रसुवागढी हाइड्रोपावरको संरचना जोखिममा परेको छ ।
व्यापारिक मार्ग प्रभावित हुँदा चीन–नेपाल सीमामा आवागमन बन्द भएको छ । बाढीका कारण विद्युत उत्पादन र आपूर्ति पनि बाधा देखिएको छ ।

उद्धार कार्य जारी

सुरक्षाकर्मी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा सक्रिय छन् । हेलिकोप्टर परिचालनमार्फत गम्भीर अवस्थाका घाइतेहरूको उद्धार तयारी पनि भइरहेको छ ।

स्थानीय प्रशासन, जिल्ला विपद् व्यवस्थापन समिति र केन्द्र सरकारको समन्वयमा राहत तथा खोज कार्य तीव्र पारिएको छ ।

रसुवामा आएको यो बाढी पछिल्ला वर्षहरूमा देखिएको सबैभन्दा डरलाग्दो प्राकृतिक प्रकोपमध्ये एक बनेको छ । जनधनको क्षति, बेपत्ता नागरिक र पूर्वाधारको विनाशले तत्कालीन राहत मात्र होइन, दीर्घकालीन संरचनागत तयारी र वातावरणीय सतर्कता आवश्यक रहेको स्पष्ट संकेत दिएको छ ।

सरकार, सुरक्षाकर्मी र स्थानीय निकायबीच समन्वय गर्दै बाँकी बेपत्ताहरूको खोजी र प्रभावित क्षेत्रमा राहत पु¥याउने कार्य निरन्तर भइरहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट