हटाइयाे बीमा सेवामा हुलाक टिकट टाँस्नु पर्ने प्रचलन
काठमाडौं । बीमा सेवामा हुलाक टिकट टाँस्ने प्रचलन हटाइएकाे छ। नेपाल बीमा प्राधिकरणले बीमा सेवामा हुलाक टिकट टाँस्ने प्रचलन हटाएकाे हाे ।
प्राधिकरणले आज सबै प्रकारणका बीमा कम्पनी, ब्रोकर (दलाल) र मध्यस्थकर्ताको नाममा परिपत्र जारी गर्दै बीमा सेवामा हुलाक टिकट टाँस्ने प्रचलन र अभ्यास हटाउने व्यवस्था मिलाउन आग्रह गरेको छ।
गत मंसिर २९ गते मन्त्रिपरिषदबाट प्रचलित कानुनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय भएको थियो।
मन्त्रिपरिषदको सोही निर्णय कार्यान्वयन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले बीमकहरुलाई आग्रह गरेको हो।
अब बीमा प्राधिकरण तथा बीमा कम्पनीहरुबाट प्रदान हुने सेवा प्रवाहको प्रक्रियामा प्रचलित कानुनमा किटानी व्यवस्था भएकोमा बाहेक कागजातको आधिकारिकताका लागि आय टिकटका रुपमा हुलक टिकट टाँस्ने प्रचलन तथा अभ्यास हटेको छ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया