आज मतदानको दिन कस्तो होला देशभरको मौसम ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको मतदान हुने दिन बिहीबार मौसम सफा रहने भएको छ । भोली मतदान प्रक्रिया प्रभावित हुनेगरी वर्षा वा हिमपातको सम्भावना नरहेको जनाइएको छ ।
लामो समयसम्म पानी नपरेको कारण मुलुकका पहाडी क्षेत्रमा बादल देखिए पनि तत्काल पानी पर्ने सम्भावना तथा हिमपातको सम्भावना भने नरहेको जनाइएको छ ।
मतदानको दिन बिहीबार बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू(भागहरुमा आशिंक बादल लाग्नसक्ने देखिन्छ । मुलुकका पहाडी भू(भागमा बादल लागिहाले पनि आत्तिहाल्नु पर्ने अवस्था नरहेको जनाइएको छ ।
आउँदो शनिबारसम्मको सौसम सफा नै रहने छ ।
क्याटेगोरी :
समाचार



















प्रतिक्रिया