सुतली बम र सुँगुरको टाउकोसहित वीरगञ्जबाट ३ जना पक्राउ
काठमाडौं । पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।
उनीहरु सुँगुरको टाउको मस्जिदमा लगेर फ्याँक्ने तयारीका साथ हिँडेका थिए ।उनीहरुको साथबाट नौ थान सुतली बम, केही तार लगायतका सामग्री पनि बरामद भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी :
समाचार



















प्रतिक्रिया