Techie IT
Samayabaddha
शनिबार, १३ असार, २०८३

प्रचण्डकै अघि माधवले भने– हामी तमासा मात्रै हेरेर बसिरहेका छौँ


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरू अहिलको राष्ट्रिय राजनीतिका सबै घटनालाई नजिकबाट नियालेर बसिरहेको बताएका छन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरू अहिलको राष्ट्रिय राजनीतिका सबै घटनालाई नजिकबाट नियालेर बसिरहेको बताएका छन्।

उनले आफूहरू राजनीतिको तमासा हेर्ने भन्दा बाहेक केही काम नभएको पनि बताए।

उनले सो कुरा बताइरहँदा सोही मञ्चमा प्रधानमन्त्री प्रचण्डसमेत थिए। उनी नेपालतिर हेरेर हाँसिमात्रै रहे।

‘प्रधानमन्त्रीज्यू अत्यन्तै बीजी हुनुहुन्छ, राष्ट्रिय राजनीतिमा उहाँ जति व्यस्त कोही हुनुहुन्न होला, हामी त तमासा मात्रै हेरेर बसेका छौँ,’ नेपालले भने, ‘हामी यो सबै घटनालाई नियालिरहेका छौँ, नेपालको राजनीतिकले कुन कोर्स लिएर जाने हो।’

उनले देशमा कम्युुनिस्ट पार्टीहरूबीच एकता र समझदारी बन्नुपर्ने तर्क राखे।

‘हामी चाहन्छौँ, यो देशमा स्थायीत्व कायम होस्। कम्युनिस्टहरूबीचको एकता र समझदारी नयाँ उचाइमा पुगोस्,’ उनले भने।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट