Techie IT
Samayabaddha
मंगलबार, १ पुस, २०८२

सांसद देवकोटा पदमुक्त भएको सभामुखद्वारा जानकारी


गण्डकी प्रदेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ‘फ्लोर क्रस’ गरेर मत दिएका नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य फणीन्द्र देवकोटा कारबाहीमा परेका छन्।

गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल शुक्रबार बसेको प्रदेश सभाको बैठकमा देवकोटालाई कारबाही गरेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको पत्र वाचन गरेरे जानकारी दिएका थिए। उक्त जानकारीसँगै देवकोटा पदमुक्त भएका छन्।

देवकोटालाई कारबाही गरी माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले त्यसको जानकारी प्रदेश सभा सचिवालयमा दिएको थियो। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेता देवकोटा गत प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका थिए।

मोवादी केन्द्रले बुझाएको पत्रमा देवकोटाले राजनीतिक दल सम्बन्धी ऐन उल्लंघन गरेको र दल त्याग गरेको भन्दै उनलाई प्रदेश सभा सदस्यबाट निष्काशित गरेको उल्लेख गरेको छ।

देवकोटा भने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन्। संविधान अनुसार प्रदेश सभा सदस्य नहुँदा पनि ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था भएकाले उनको मन्त्री पदमा भने तत्काललाई कारबाहीले पनि असर नपर्ने देखिन्छ। तर, संसदीय गणित भने तलमाथि हुने भएकाले सरकार टिक्छ कि टिक्दैन भन्ने यकिन छैन।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट