Techie IT
Samayabaddha
शनिबार, २० असार, २०८३

कांग्रेस-एमालेले समानुपातिक प्रतिनिधित्व प्रणालीलाई खारेज गर्ने षड्यन्त्र गर्दैछ : उपेन्द्र यादव


जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस-एमाले मिलेर समानुपातिक प्रतिनिधित्व प्रणालीलाई खारेज गर्ने षड्यन्त्र गरेको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै यादवले समावेशीतालाई अन्त्य गर्नका लागि कांग्रेस-एमाले मिलेर सरकार बनाएको आरोप लगाए। उनले नेपालको अहिलेसम्मका आन्दोलनको ठूलो उपलब्धि समावेशीता भएको र राज्यकै तर्फबाट नै अहिले समावेशी लोकतन्त्रमाथि प्रहार भइरहेको जिकिर गरे।

यादवले संघीयता, समावेशीका कारण नभइ दलहरूकै कारण मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको बताए। उनले समावेशीसहितको लोकतन्त्रलाई हटाएर राजनीतिक स्थिरता खोज्न नहुनेमा जोड दिए। उनले यसअघि पद र पैसाको लोभमा माओवादी र एमाले मिलेर आफ्नो पार्टी फुटाएको आरोप लगाएका थिए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट