Techie IT
Samayabaddha
शनिबार, २२ कात्तिक, २०८२

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै


काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज शनिबार दिउँसो २ बजे बस्ने भएको छ । बैठक संसद भवनको ल्होत्से हलमा आयोजना गरिनेछ ।

बैठकमा संसदमा दर्ता भएका विधेयक र अध्यादेश लगायतका विषयमा पार्टीको साझा धारणा तय गर्दै संसदमा प्रभावकारी उपस्थितिको रणनीतिबारे छलफल गरिने बताइएको छ ।

संसदीय दलको बैठकअघि पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्वपदाधिकारी, सांसद र सरकारमा सहभागी मन्त्रीहरूसँग छुट्टै छलफल गरेका थिए । छलफलका क्रममा देउवाले संसदमा दर्ता भएका विधेयक र अध्यादेशप्रति कांग्रेसको समर्थन र एकता सुनिश्चित गर्न निर्देशन दिएका थिए ।

देउवाले सांसदहरूलाई असन्तुष्टि तथा आन्तरिक विवादलाई पार्टीका बैठकमा मात्र राख्न आग्रह गर्दै संसदको बैठकमा एकढिक्का भएर प्रस्तुत हुन स्पष्ट निर्देशन दिएका थिए ।

बैठकले आगामी संसदीय कार्यसूचीहरूप्रति कांग्रेसको आधिकारिक धारणा तयार गर्ने र विधेयक पारित प्रक्रियामा पार्टीको प्रभावकारी भूमिका सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

संसदीय दलको बैठकबाट कांग्रेसको एकता र संसदमा प्रस्तुत हुने रणनीतिबारे महत्वपूर्ण निर्णय हुने विश्वास गरिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट