Techie IT
Samayabaddha
शुक्रबार, २७ चैत्र, २०८२

राप्रपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ। शुक्रबारदेखि काठमाडौँको धुम्बाराहीस्थित एक बैंन्क्वेटमा सुरु भएको बैठक शनिबार नै समापन गर्ने तयारी गरिए पनि समय अभावका कारण आज पनि बस्ने भएको हो ।

हिजो ८० भन्दा धेरै केन्द्रीय सदस्यले बोलेको र अन्यले पनि बोल्न बाँकी रहेकोले आज एक दिन बैठक लम्बिएको छ । बैठक आज समापन गर्ने तयारी छ ।
जारी बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक र साङ्गठनिक परिस्थिति, वैशाख मसान्तसम्ममा सबै जिल्ला अधिवेशन गर्ने लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ।

अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको भावी राजनीतिक दिशासहित साङ्गठनिक अवस्था र जिल्ला अधिवेशनहरू बारेमा नेताहरूले आआफ्नो धारणा राखिरहेका छन् ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट