अनेरास्ववियुको महाधिवेशन जेठ महिनाका लागि सर्यो

काठमाडौँ, २१ माघ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशन सरेको छ ।
यसअघि चैत अन्तिम साता तय भएको महाधिवेशन मिति स्ववियु निर्वाचनका कारण जेठ १ देखि ४ गते हुनेगरी सार्नुपरेको अनेरास्ववियुले जनाएको छ ।
सोमबार बसेको स्थायी कमिटीले महाधिवेशनको मिति सारेको उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए । त्यस्तै बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनको तयारीमा लाग्ने समेत निर्णय गरेको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया