Techie IT
Samayabaddha
शनिबार, २३ फागुन, २०८२

मन्त्रिपरिषद् बैठकका १३ निर्णय : बिमा नियमावली, २०८१ स्वीकृत


काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन् । बैठकले बिमा नियमावली, २०८१ स्वीकृत लगायत १३ निर्णय गरेको छ ।
सरकारले झण्डै २ बर्षदेखि रोकिरहेको बिमा नियामावली २०८१ स्वीकृत गरेको हो । त्यस्तै सरकारले एसियाली विकास बैंकको एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फण्डबाट २०२४ फ्लड्स एण्ड ल्याण्डस्लाइड्स इमर्जेन्सी रेस्पोन्स प्रोजेक्टका लागि प्राप्त हुने २० लाख अमेरिकी डलर (नेपाली रुपैयाँ २७ करोड ७३ लाख) अनुदान सहायता स्वीकार गरेको छ ।

https://nepalipaisa.com/news-detail/78704


क्याटेगोरी : अर्थ, राजनीति

प्रतिक्रिया


ताजा अपडेट