Techie IT
Samayabaddha
शनिबार, २८ चैत्र, २०८२

आफू पार्टी सभापतिको लागि उम्मेदवार भएको प्रकाशमान सिंहको भनाई


सुर्खेत, १८ फागुन । सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफू पनि पार्टी सभापतिको लागि उम्मेदवार रहेको प्रस्ट पारेका छन् । आइतबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफू कुनै पनि हालतमा पछाडि नहट्ने बताए ।

‘जुन पदमा म छु त्योभन्दा तल जान म तयार छैन’ उनले भने , ‘नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ। यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्ने भन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ ।’

साथै पार्टीलाई संगठनात्मक रूपमा मजबुत बनाउने अठोट गरेको पनि उनले बताए। ‘आसन्न महाधिवेशनलाई लिएर आन्तरिक रस्साकस्सी बढ्दो छ,’ उनले भने, ‘सभापति पदका लागि विभिन्न नेताहरूले दाबी छ ।’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट